काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा सहभागी हुन आज दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेकी छन्।

उपसभामुख रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा यही असार ५ र ६ गते आयोजना हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना: विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक संवादमा भाग लिन गएकी हुन्।

उक्त कार्यक्रम इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोरल असिस्टेन्स (IDEA), ओपन सोसाइटी फाउण्डेशन तथा दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको संयुक्त आयोजनामा हुँदैछ।

संवादमा उपसभामुख रानामगरले लोकतन्त्र, प्रतिनिधित्व र समावेशीताका सन्दर्भमा नेपालका अनुभव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।