काठमाण्डौ । सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी बलको नेतृत्वमा एक दूरदृष्टि र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक AIG पदमा बढुवा भएका छन् ।
गत जेठ १५ गते गृह मन्त्रालयले ठाडा मगरको नाम बढुवाका लागि सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका कमल गिरी लगायत आधा दर्जनभन्दा बढी डीआईजीहरूलाई पछि पार्दै ठाडा मगर एआईजीमा सिफारिस भएका थिए।
शक्तिकेन्द्रहरूबीचको रस्साकस्सीका कारण डेढ महिनासम्म बढुवा सिफारिस रोकिएको थियो। उनको यो बढुवा सशस्त्र प्रहरी संगठनको निष्ठा, अनुशासन र कार्यदक्षताको कदरको स्पष्ट सन्देश पनि हो ।