काठमाण्डौ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएकाे छ ।
आज(आइतबार) बिहान गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो । सो हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा एक बच्चा पनि छन्। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो ।
खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।