इलाम— कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गरेका छन् । साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

उनले स्थानीय स्तरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी आत्महत्याको बड्दो दरमा कमी ल्याउन सकिने बिश्वास ब्यक्त गरे। साथै पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला इलाममा शान्ति सुरक्षा कायम राख्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउनका साथै फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिबादीहरु पक्राउ अभियानलाई तिबत्रा दिन समेत उनले निर्देशन दिएका छन् ।

यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरुमा हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत नले निर्देशन दिएका छन्।  निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले प्रदेश प्रहरी प्रमुख कार्कीलाई इलाम जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु लगायतका विषयहरुमा अवगत गराएका छन् । 

यस्तै निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय इलाम पुगेका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले इलाम जिल्लाका नगर प्रमुख केदार थापा, स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाजहरु तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नुका साथै अन्तरक्रिया तथा छलफल गरेका छन् । छलफलका क्रममा स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य र समन्वय, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नुका साथै बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा प्रहरीसंग भएको साधन स्रोत सहित जिल्लाबासीको सुरक्षामा तत्काल परिचालन हुने बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एक नारायण कोईराला, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।