काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट आफू र पार्टीलाई चित्त नबुझेको गुनासो गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो गुनासो गरेको हो। उनले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताए ।
सुनको आयातलाई पूर्णरूपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने सभापति देउवाको भनाइ छ ।
सभापति देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको टिप्पणी गरेका छन् ।
कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा यनले यस्तो टिप्पणी गरेका हुन् । उनले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताए ।
‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई,’ देउवाले भने, ‘खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट। त्यस्तो अवस्था छ। अरु केही निर्यात गर्नै सकेका छैनौँ। आयातमा भर पर्नुपर्ने कुरा छ।’
उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने भन्दै उनले व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गरे ।