काठमाण्डौ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही भूभागमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा भने बदलीको अवस्था छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।






































