काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलको नेतृत्वमा एक दूरदृष्टि र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक AIG पदमा बढुवा भएका छन् ।

उनको यो बढुवा सशस्त्र प्रहरी संगठनको निष्ठा, अनुशासन र कार्यदक्षताको कदरको स्पष्ट सन्देश पनि हो । मगरले हालसम्म सम्हालेका कमाण्ड सबै युनिटहरू कार्यसम्पादन, अनुशासन, अपरेसन, तालिम तथा जन-उत्तरदायित्वका सूचकमा देशकै उत्कृष्ट बनाएका छन् । यस क्रममा DIG दर्जामा बाहिनीपतिको रुपमा कार्यरत रहंदा मधेशस्थित छिन्नमस्ता बाहिनी र बाग्मती स्थित गढीमाई बाहिनी दुबै स्थानमा आफुंभन्दा वरिष्ठ र अनुभवी अधिकृतहरूको नेतृत्वमा रहेका अन्य युनिटहरूलाई पछि पार्दै उनको नेतृत्वमा रहेका बाहिनी संगठनको आन्तरिक निरीक्षणमा सर्बोत्कृष्ठ घोषित भएका थिए ।

यसले उनको क्षमता र नेतृत्वलाई प्रमाणित गर्छ। माओवादी द्वन्द्वकालमा देशका संवेदनशील जिल्लाहरू दाङ, प्युठान, नुवाकोट र स्याङ्जामा खटिएका मगरले अपरेसन र दक्षता मात्र होइन, अद्वितीय निडरताको उदाहरण बिशिष्ठ उदाहरण प्रस्तुत गरेका थिए । स्थानीय राजनीतिक नेतादेखि सर्वसाधारणसम्मले आज पनि उनको तत्कालीन सेवा, साहस र निर्णय क्षमताको प्रशंसा गर्छन् । 

मगरले भारत, चीन, इटाली तथा संयुक्त राष्ट्रसंघबाट विभिन्न रणनीतिक र मानवअधिकार तालिम लिएको देखिन्छन् । उनी सशस्त्र प्रहरी बलको उच्चस्तरीय तालिम APF कमाण्ड तथा स्टाफ कलेजको प्रमुखसमेत भइसकेका छन् र हालका प्रतिस्पर्धी अधिकृतहरूलाई समेत प्रशिक्षण दिइसकेका छन् । सामाजिक सञ्जालमा पूर्वराजा र अन्तर्राष्ट्रिय राजनीतिज्ञप्रति व्यक्तिगत अभिव्यक्ति वा तस्करी सम्बन्धी अप्रत्याषित आरोपहरू जतिसुकै उठाइए पनि, ती अप्रमाणित कुरा हो भन्ने देखिन्छ । अर्थात न्यायिक अनुसन्धानमा उनी निर्दोष प्रमाणित भएका छन् । गणेश ठाडा मगरको बढुवा सशस्त्र प्रहरी संगठनभित्र प्रतिभा, निष्ठा र कार्यक्षमताको मूल्याङ्कनको गतिले उदाहरण बनेको छ । नेतृत्वले योग्यताको कदर गर्दै गरेको यो निर्णय संस्थाको भविष्यप्रति सकारात्मक सन्देश पनि बनेको छ ।

गणेश ठाडा मगरको एआईजी पदमा बढुवा हुनु व्यक्तिगत सफलता मात्र होइन, सशस्त्र प्रहरी बल प्रतिको राज्य जिम्मेवार दृष्टिकोणको प्रतिविम्ब पनि हो । यो निर्णय संस्थाले आफ्ना असल अधिकृतहरूको मूल्य चिनेको, संगठनलाई परिणाममुखी नेतृत्वमा लैजाने तयारी गरेको र समग्रमा देशको सुरक्षातन्त्रलाई अझ बलियो बनाउने आधार तय गरेको सन्देश पनि दिएको छ ।

मगरका प्रतिस्पर्धि रहेका कमल गिरि अहिले सो निर्णयको बिरुद्धमा सरकार तथा बिभिन्न निकायलाई आरोपित गरि मिडियाबाजीमा उत्रेको देखिन्छन् । तर उनि ब्यवसायीकता, अनुशासन, तालिम, तथा कमाण्डमा तुलनात्मक रुपमा कमजोर रहेको देखिन्छन् । एसपी हुँदा सप्तरी लगायत जिल्लामा कमान्डर भई कार्य गरेको बखत दारु खाई मातहतलाई कुट्ने, दुर्व्यवहार गर्ने तथा कमजोर कमान्डर रहेको मात्र नभई निजको विरुद्धमा मानव अधिकार आयोगमा समेत निवेदन परेको र लिखित कारबाही गर्न खोज्दा रोई कराई गर्ने र विभिन्न पावर सेन्टरमा फोन गराउने गरी जोगिएका निजका तत्कालीन बाहिनीपतिहरु तथा तत्कालीन सङ्गठन प्रमुखहरू बताउँछन् ।

यसै क्रममा गिरी २०६७ सालमा संयुक्त राष्ट्र सङ्घको हाईटी MINUSMA यु.एन.मा कार्यरत रहँदा दारु खाई कमान्डर एसएसपी कमल बस्नेत, DSP चन्द्रदेव भट्ट लगायत सिनियरहरुलाई खुकुरी देखाई धम्क्याउने गरेकोले युएनबाट कारबाही भई नेपाल फिर्ता पठाइएका व्यक्ति हुन् । त्यसो त सहकर्मीहरुले उनलाई सशस्त्र प्रहरी भित्र खुकुरी कान्छा भनेर चिन्ने गरेका छन् । यु.एन.बाट डिपोट हुनु फौजमा कोर्ट मार्सल सरह रहेको र नेतृत्वको लागि हैन सेवामा रहनको लागि पनि उपयुक्त नहुने हेडक्वाटरमा चर्चा भएको थियो । 

गिरी अनुशासनमा समेत कमजोर रहेको देखिन्छ । नं ६ बाहिनी सुर्खेतमा सहायक बाहिनिपतिको रूपमा कार्यरत रहँदा अनुशासन हिन रुपमा राशन घोटलामा लागेको देखेकोले तत्कालीन बाहिनीपतिले कार्यसम्पादन मूल्याङ्कन का.स.मु.मा कम अङ्क दिने सम्भावना रहेकोले बाहिनिपतिलाई धम्क्याउने तथा का.स.मु. भर्दा निज स्वयमले मेरो उपस्थितमा कार्यसम्पादन भर्नुपर्दछ भनी दबाब दिई भरेको तथा प्रधान कार्यालयमा उल्टो कुरा लगाउने गरेको कुरा तत्कालीन बाहिनीपति अवकाश प्राप्त डिआइजी बताउछन । उनि आर्थिक रुपमा पनि अपारदर्शि तथा गलत कार्यमा लाग्ने गरेको आरोप उनिमाथि छ । 

पूर्व क्षेत्रको बाहिनीपतिको रूपमा रहँदा सई देखि हवलदार सम्मका एक दर्जन घुमुवा परिचालन गरी अकुत आर्जन गरेको त्यस बेला बाहिनीमा कार्यरत सशस्त्र कर्मचारीहरू बताउँछन् । त्यसै क्रममा तस्करसँग सेटिङ्ग गर्न भनी घुमुवा सहायक हवलदारलाई गिरीले राजश्व अनुसन्धान कार्यालय इँटहरिमा पठाएको र उक्त कुरालाई हाकिमले ठाडै अस्वीकार गर्दा घुमुवाले हाकिमलाई लछार पछार समेत गरेकोले र त्यस बेला ठुलो स्क्याण्डल बनेको भएता पनि उक्त कुरालाई गिरीले माथिको सेटिङ्ग गरी गुपचुप बनाएका थिए । 

SSP दर्जामा ५ नम्बरमा रहेका गिरी मेडिकल व्यवसायी तथा हालको राजावादी आन्दोलनका प्रमुख नाइके दुर्गा प्रसाईँले तत्कालीन राजनीतिक दल नेकपाको शीर्ष नेताहरूसँगको सम्बन्धलाई दुरुपयोग गरी गिरी थरको ससुराली नाता पर्ने कमल गिरीलाई उनै दुर्गा प्रसाईँ मार्फत बिभिन्न ब्यक्तिहरुलाई प्रभाबमा पारि डिआइजी पदोन्नति हुँदा १ नम्बरमा पदेन्नती गराउन सफल भएका थिए ।

प्रहरी निरीक्षक आधारभुत तालिममा ठाडा मगर चांदमारी प्रथम र शहिष्णुता प्रथम सहित सर्बोत्कृष्ठ हुंदा गिरि आखिरी बाट दोश्रो रहेको बिवरण प्रहरी प्रशिक्षण प्रतिष्ठानको अभिलेखबाट देखिन्छ । SSP मा १ नम्बरमा रहेका ठाडा मगर लाई डिआईजी बनाउदा गलत हत्कण्डा अपनाई २ नम्बरमा धकेलेका गिरि अहिले भने मर्यादाक्रमको कोकोहोलो मच्चाउदैछन् ।

तालिममा आखिरी, SSP मा पाचौ तथा DIG दर्जामा कमाण्ड गर्दा ठाडा मगर सर्बोत्कृष्ठ भएको बेला आफु ८ वटा बाहिनी मध्ये छैठौं र सातौं भएको आफ्नो स्तरको ख्यालै नगरी मर्‍यादाक्रममा अगाडि भएको दाबि गर्नु लाजको पसारो भएको कुरा संगठनका अधिकृतहरु बताउछन् ।