सप्तरी — सप्तरी जिल्लास्थित कोशी ब्यारेजको ५५/५६ नं ढोकाको उत्तर पट्टी गोताखोर अभ्यासको क्रममा दुई जना सिपाही बेपत्ता भएका छन्। घटना आज अभ्यासका क्रममा भएको हो।

गुप्तचर खबरलाई  प्राप्त जानकारीअनुसार गोताखोरहरूको एक टोली अभ्यासका लागि उक्त स्थानमा पुगेको थियो। अभ्यासकै क्रममा दुई जना सिपाही पानीमा बेपत्ता भएका हुन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप जानकारी लिन खोज्दा प्रदेश प्रहरी कार्यालयका डिआइजी कृष्ण ढकालले आफूलाई घटनाबारे भर्खरै मात्र जानकारी प्राप्त भएको र अहिले घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभएको छ। अन्य सुरक्षा अधिकारीहरूले भने घटनाबारे विस्तृत जानकारी अझै नपाएको जनाएका छन्।

समाचार अपडेट हुँदै जाँदा थप जानकारी आउने अपेक्षा गरिएको छ।