काठमाडौं— सुन्दा अचम्म लाग्न सक्छ देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा काग र लोखर्के एकआपसमा जुध्दा विद्युतको तार सर्ट भई बिजुली अवरुद्ध भएको छ । काग र लोखर्केले तार छोएर सर्ट भएपछि बिजुली अवरूद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार करिब एक घण्टादेखि सिंहदरबारमा बिजुली छैन ।
‘काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको रहेछ, करेन्ट लागेर काग र लोखर्के मरेका छन्,’ उनले भने, ‘सिंहदरबारमा अहिले बिजुली अवरूद्ध छ, मर्मतको काम भइरहेको छ ।’ बिजुली अवरूद्ध हुँदा सिंहदरबारभित्र कामकाज पनि प्रभावित बनेको छ।