काठमाण्डौ । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले सोमबार दीप प्रज्ज्वलन गर्दैछन्। हिमानी कोषको आयोजनामा कमलादी गणेश मन्दिरमा उनीहरूले साँझ दीप प्रज्ज्वलन गर्न लागेका हुन्।
कोषले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलनगर्ने तयारी गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको हो।
हिमानी कोषको अध्यक्ष तत्कालीन रानी कोमल शाह छिन्। उनकी बुहारी तथा तत्काली युुवराज्ञी हिमानी शाह उपाध्यक्ष छिन् ।
विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो।






































