काठमाडौं— निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।
पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।
शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।