काठमाण्डौ  ।   राजसंस्था पक्षधरको चौथो दिनको आन्दोलनबाट सुरक्षाकर्मीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ।Screenshot_2025_0601_151031

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच बालुवाटारमा क्षेत्रमा धकेलाधकेल समेत भएको थियो । सो क्रममा थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।

Screenshot_2025_0601_151149
राजसंस्था पक्षधरको आन्दोलन आइतबार चौथो दिन नारायणचौरमा चलिरहेको थियो। उनलाई नेपाल प्रहरीले जबर्जस्ती भ्यानमा कोचेको थियो।

कमल थापासहित राजसंस्था पक्षधर नेताहरूले आइतबार प्रदर्शनको नेतृत्व गरेका थिए।