धरान— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगरपालिकाको अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित भएका छन्।

सुनसरीको जल्पापुरमा शनिबार भएको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ४७ सदस्य कार्यसमिति निर्वाचित गरेको माओवादी इनरुवा नगरका इन्चार्ज ओके दाहालले जानकारी दिए। 

OM Sai Pathibhara Hospital

कमिटीको उपाध्यक्षहरूमा शंकर सापकोटा, मोक्तार अन्सारी, राजकुमार उराँव, सचिवमा गुनराज सुवेदी, सहसचिव गंगा खत्वे, कोषाध्यक्ष लिला दाहाल निर्वाचित भएको माओवादी पार्टीका सुनसरी इन्चार्ज अनिता परियारले जानकारी दिए। 

बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अधिवेशनको उद्घाटन गरेका थिए।