पोखरा :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तारेखमा छाडेर मुद्दालाई अगाडि बढाउनुपर्ने उनका कानुन व्यवासायीले तर्क राखेका छन्। रविलाई तारेखमा छाडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्ने उनको माग थियो।

‘राष्ट्रको चौंथो स्थापित पार्टीको चानचुन ११ लाख समानुपातिक मत रवि लामिछानेलाई पत्याएर आएको हो’, उनको तर्क थियो, ‘सबैभन्दा बढी मत दिएर निर्वाचित प्रतिनिधि भागेर जाने, काहीँ लुक्ने अदालतले बोलाएको बेला नआउने भन्ने हुँदैन। त्यसैल तारेखमा छाडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्छ।’‘फसाउने नियतले गम्भीर कसुर देखिन्छ कि भनेर सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा लगाइयो। कुनै पनि प्रचलित कानुन, कानुनका सिद्धान्त, कार्यविधिगत त्रृटि सबै कुरा बिगारेर खाली अदालत जिम्मा दिइयो। राजनीतिमा कानुनको रङ हालेर धमिलो पारेर अदालतमा बुझाइयो’, उनको दाबी थियो।