भद्रपुर : संघीय लिम्बुवान प्रांतीय मंचले प्रेस बिज्ञप्ति प्रकाशित गरी मुक्कुमलुङमा पक्राउ गरिएका तीन जना तीर्थयात्रीहरुलाई बिनाशर्त तत्काल रिहाइको लागि यहि पुष २१ गतेदेखि आव्हान गरिएको मेची राजमार्ग र तमोर करिडोर मार्ग अनिश्चितकालिन बन्द सफल बनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ l 

बिज्ञप्तिमा भनिएको छ ताप्लेजुंङ जिल्लाको सदरमुकाम फुङलिङ बजार संग जोडिएको आदिबासीहरुको आस्थाको केन्द्र /मुन्धुमी पहाड ‘’मुक्कुमलुङ ‘’मा  बिगत बर्षहरु देखि सह –अस्तित्व र पहिचानको आन्दोलन चलिरहेको  छ | यस आन्दोलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –संघीय लिम्बुवान प्रान्तीय मंच ,ताप्लेजुंङ जिल्ला कार्य समिति र त्यस जिल्लामा रहनु भएका मंच सम्बद्द लिम्बुवानी नेता कार्यकर्ताहरु आन्दोलन शुरु भएको पहिलो दिन देखि नै फिल्डमा प्रत्यक्ष लडिरहेका छनl

OM Sai Pathibhara Hospital

मंचका प्रांतीय महासचिव भूपेन्द्रसुन्दर लावतीब्दारा हस्ताक्षरित बिज्ञप्तिमा मुक्कुमलुङ पहाडलाइ मुन्धुमी पहाडको रुपमा नै रहन दिउ ,यो पहाडलाइ विश्वभरका अध्यात्मिक मानिसहरु आएर सोल माउन्टेन /आत्मिक पहाडको रुपमा लाखौ बर्षसम्म पुज्न/स्पर्श गर्न पाउन भन्ने हामी आन्दोलनकारीहरु र अर्कोतिर यो पहाडमा फलामको लठ्ठा केबल कार तानेर नाफा कमाउन थालिहालौ भन्ने एकात्मक केन्द्रिकृत राज्य सत्ता र त्यसका दलाल भरौटेहरु बिचमा बिगत बर्षदेखि चर्को द्वन्द चलिरहेको भनिएको छ | 

यहि क्रममा तीन जना तीर्थयात्रीहरु जनम लिम्बु ,शुशील लिम्बु र सन्जोग लिम्बुलाइ बिना कारण  प्रसासनले पक्राउ गरि मुद्दा चलाउन शुरु गरेको अवस्था छ | बिना कारण पक्राउ गरिएका तीन युवाहरुलाई तत्काल रिहा गर ,लोकतान्त्रिक रुपमा बिरोध गर्न पाउने जनताको अधिकारलाई सुनिस्चित गर र मुक्कुमलुङमा केवल कार /फलामको लठ्ठा टाङने काम तुरुन्त बन्द गर भन्ने माग सहित पुष २१ गतेदेखि मुक्कुमलुङ संघर्ष समितिले आव्हान गरेको मेची मार्ग र तमोर करिडोर मार्ग अनिश्चितकालिन बन्द कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबैमा अनुरोध गरेको उल्लेख छ |