काठमाण्डौ । मंसिर १५ गतेदेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा एनपिएल जारी छ । एक दिनको विश्रामपछि आज दुई खेल हुँदैछ ।

जसमा पहिलो खेल बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स तथा दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन ।

OM Sai Pathibhara Hospital

चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ । कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ । एनपिएल अन्तर्गतका १५ वटा खेल सकिँदा चार खेलमा अपराजित जनकपुर आठ अंकसहित शीर्ष स्थानमा छ ।

सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि रनरेटका आधारमा अंक तालिकामा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन् । चारमा दुई खेल जितेको कर्णाली चौथो स्थानमा छ भने एकएक खेल जितेका पोखरा, काठमाडौं र विराटनगर क्रमशः पाँचौ, छैटौ र सातौं स्थानमा छन् । तालिकाको पुछारमा रहेको लुम्बिनी भने चार खेल खेलिसक्दा समेत अंकबिहीन छ ।