काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि अस्पताल भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचार गर्न राष्ट्रपतिलाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान अस्पतालमा भर्ना गरिएको छ । रासस