काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ।
पूर्वनिर्धारित योजना अनुसार नोभेम्बर २९ मा (१४ मंसिर) जापानबाट चीन पुग्ने तय भएको थियो। स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आगामी सोमबार जापान जाने निश्चित भएको छ। ‘२५ तारिख जापान जानुहुन्छ। २६ र २७ का लागि डाक्टरले समय दिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘२९ तारिख जापानबाट सिधै बेइजिङ पुग्ने कार्यतालिका बनेको थियो।’
सत्ताको नेतृत्व गरिरहेको एमाले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने पक्षमा देखिएको छ। तर, नेपाली कांग्रेस बीआरआईलाई अनुदान वा सहयोगका रूपमा मात्रै स्वीकार्ने पक्षमा छ। दुई दलबीच सहमति बन्न सकेको छैन।
‘कांग्रेस र एमालेको कुराकानी के कस्तो हुन्छ? त्यसै अनुसार परराष्ट्र मन्त्री जापानबाट सिधैं जाने कि नेपाल आएर जाने निश्चित हुन्छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पूर्व तयारी गर्नुपर्ने भयो भने सिधै जानुहुन्छ।