काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले गृहमन्त्री रमेश लेखकसँग सोमबार साँझ मन्त्रालयमा भेट गरेका छन् । उक्त भेटमा रास्वपाले मंगलबार बालुवाटारमा आयोजना गर्ने विरोध प्रदर्शनको बारेमा छलफल भएको छ ।

अर्यालले गृहमन्त्रीलाई शान्तिसुरक्षाको ध्यान दिन आग्रह गर्दै प्रदर्शन शान्तिपूर्ण हुने जानकारी गराएका छन् । साथै, लेखकलाई कार्यकालको शुभकामना पनि दिए । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेको पक्राउपछि रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।