काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएको अनुसार, सोमबारको नियमित बैठक हिजो प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आजका लागि सारिएको हो । 

आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री मंसिरको पहिलो साता चीन भ्रमणमा जानको लागि तयारीमा छन्, र यस विषयमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत तयारी सुरु गरेको छ ।

OM Sai Pathibhara Hospital

यसैगरी, बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा पनि छलफल हुनेछ । गत कात्तिक ८ गते घिसिङले डेडिकेटेड टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगलाई काटिदिएका थिए । उनी प्रधानमन्त्री ओली र उर्जामन्त्री दीपक खड्काको निर्देशनको उल्लङ्घन गर्दै आएछन्, जसकारण व्यवसायीहरूले महशुलको बक्यौता तिर्नुपर्ने भन्दै गुनासो गरिरहेका छन् ।