काठामडौं–नेपालले घरेलु मैदानमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ को नतिजासहित हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ। नेपाली टोलीले सेमिफाइनलमा भारतलाई लगातार दोस्रो पटक पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। अब नेपालले उपाधिका लागि बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ, जसले भुटानलाई ७-१ को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

खेलको क्रममा रेफ्रीका विवादास्पद निर्णयले दर्शक र खेलाडीहरूमा तनावको स्थिति सिर्जना गरेको थियो। दोस्रो हाफमा अग्रपङ्क्तिकी खेलाडी रेखा पौडेललाई दोहोरो पहेँलो कार्डपछि रातो कार्ड दिइएपछि नेपाल १० खेलाडीमा सीमित हुन पुगेको थियो। त्यस्तै, भारतीय खेलाडीको हातमा बल लाग्दा पेनाल्टी अपिल अस्वीकार गरिएकोले खेल तनावपूर्ण बनेको थियो।

OM Sai Pathibhara Hospital

दोस्रो हाफमा भारतले ७२ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। तर, एक मिनेटपछि नेपालकी सावित्रा भण्डारीले प्रिती राईको पासमा सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याइन्। पेनाल्टी सुटआउटमा नेपालका खेलाडीहरूले चार गोल गरे भने भारतले दुई मात्रै गोल गर्न सकेपछि नेपालले रोमाञ्चक जित हासिल गर्यो।

यो जितले नेपाली टोलीको मनोबल बढाएको छ, जसमा फाइनलमा पनि बाङ्ग्लादेशलाई चुनौती दिने तयारी गरिरहेको छ।