काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो ।नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिए पनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।

OM Sai Pathibhara Hospital

त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घण्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो तनावपूर्ण खेलको निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीले १/१ गोल गरेपछि नतिजा पेनाल्टीमा गएको थियो ।

पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो।नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।