काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार आयोजित खबरदारी सभामा आफूले सरकार ढाल्ने उद्देश्यले आन्दोलन नगरेको स्पष्ट पारेका छन् । 

उनले माओवादीले सरकार फेर्न हतार गरेको छ भन्ने भ्रम त्याग्न आग्रह गरे । प्रचण्डका अनुसार माओवादीले कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेको हो र उनीहरूलाई पुँजीपति र भ्रष्टहरुको प्रतिनिधि भनेका हुन् । उनले थपे कि अब आफूहरू प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै सरकारमा आउने होइनन्, ढुक्कसँग सरकार चलाउन सरकारले माओवादीबाट कुनै टेन्सन लिनुपर्ने आवश्यकता छैन ।

OM Sai Pathibhara Hospital

उनले जनताबाट माओवादी कटिन थालेको र त्यसका कारण जनतासँग पुन: जोडिन समयमै बाहिरिनु उचित भएको बताए । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने प्रतिज्ञा गर्दै माओवादी एक्लै चुनाव लड्ने उल्लेख गरे ।

प्रचण्डले भने कि अहिलेको चुनौती प्राप्त उपलब्धिलाई रक्षा गर्दै नयाँ व्यवस्थाको स्थापना गर्नु हो । साथै, उनले चुनाव प्रणाली परिवर्तन नगरेसम्म भ्रष्टाचारलाई रोक्न नसकिने बताउँदै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता औंल्याए ।