काठमाडौं– शनिवार काठमाडौँमा नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’को आयोजना गरिरहेको छ। माओवादी कार्यकर्ताहरू बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा, र काठमाडौं मल अगाडि भेला भई रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन्। भृकुटीमण्डपस्थित सभास्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन कार्यक्रम रहेको छ। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई झुठा मुद्दामा फसाएको विरोधमा त्रिवि गेट, कीर्तिपुरमा प्रदर्शन गर्दैछ। पार्टीले पोखरा र भरतपुर चितवनमा पनि प्रदर्शन कार्यक्रम राखेको छ।

OM Sai Pathibhara Hospital

आज, राजावादी समूह शाही युवा शक्तिले गणतन्त्रको विरोध गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सिंहासनमा पुनःस्थापना गर्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्‍यालीको आयोजना गरेको छ।