काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको विश्वास रहेको र सरकारसँग कम समय भएकाले जनताका चासोलाई प्राथमिकता दिनुपर्ने बताए ।

OM Sai Pathibhara Hospital

कोइरालाले संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिँदै, केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको टिप्पणी गरे । साथै, नेपालको परराष्ट्र नीतिमा एकरुपता आवश्यक रहेको पनि उनको भनाई थियो ।