काठमाडौं–लुम्बिनी प्रदेशमा बुधबार नियुक्त तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना, देवकरण कलवार, र जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाललाई मन्त्री नियुक्त गरेका थिए ।

तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण, र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने छन् । शपथ समारोहमा मुख्यमन्त्री आचार्य, कांग्रेस नेता डिल्लीबहादुर चौधरी, र माओवादी नेता जोखबहादुर महराको उपस्थिति थियो ।