काठमाडौं- सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसनधानका लागि ६ हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । 

OM Sai Pathibhara Hospital

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएको थियो ।

शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार मात्रै अदालतमा पेश गरिएको थियो । 

उनलाई अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । 

उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।