काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बुर्लाकोटीले दाबी गरे ।

OM Sai Pathibhara Hospital

कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए ।

विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्यीय कार्यसमिति छ ।