काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् ।

दाहालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादीको पहिचान कमजोर पार्ने गरी अन्य दलसँग गठबन्धन गरेर चुनाव लड्न नचाहेको बताएका हुन् ।  उनले आगामी मंसिरमा हुने उपनिर्वाचनबाट एकल प्रतिस्पर्धामा जानको लागि तयारी थालेको जानकारी दिए ।

OM Sai Pathibhara Hospital

अध्यक्ष दाहालले प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले महत्त्वपूर्ण पहल गरिरहेको बताएका छन् । वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा काम गर्दैछ भन्ने कुरामा दाहालले उल्लेख गरेका छन्। उनले सरकारको गलत कामको विरोध गर्न सडक र सदनमा जाने कुरा पनि भनेका छन्।

अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति नयाँ आशा र आकर्षण पैदा भएको बताउँदै पार्टीको नेतृत्व र विचारलाई पुन: समर्थन गर्न जनता तयार हुँदै गएको बताएका छन्।