काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ मनोनयन गरेका छन्। 

पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष लिङ्देनले पार्टीका विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी हेरफेर र मनोनयन गरिएको जानकारी दिनुभएको छ। 

OM Sai Pathibhara Hospital

सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुवबहादुर प्रधान, र राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नियुक्त भएका छन्। 

त्यसैगरी, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी)को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल, र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी दिइएको छ। 

यस निर्णयले पार्टीका विभिन्न विभागहरूमा नयाँ ऊर्जा र नेतृत्व दिने उद्देश्य राखिएको पार्टीले जनाएको छ।