काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमार्फत विपदमा परेका नागरिकका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

कांग्रेसले सबै सांसदबाट १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, कांग्रेसले पार्टीका सबै पूर्वघोषित कार्यक्रम स्थगित गरी राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न निर्देशन समेत दिएको छ ।