काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढी, पहिरो र डुबान पीडितहरूको उद्धारमा जुट्न पार्टीका सदस्य, मोर्चा र आम नागरिकलाई अपिल गरेको छ। आज जारी विज्ञप्तिमा, विपत्को घडीमा मानवीयताको उच्च प्रदर्शन गर्दै समस्यामा परेकाहरूलाई सहयोग गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। मनसुनजन्य विपत्तिबाट धेरै मानवीय क्षति भएको छ र पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तुरुन्त कदम चाल्नु आवश्यक छ भनिएको छ ।

OM Sai Pathibhara Hospital

पार्टीले चाडपर्वको समयमा बन्द रहेका सडकमार्गहरू यथासक्य छिटो खुलाउन पनि सरकारलाई आग्रह गरेको छ।