काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निजी निवास बुढानिलकण्ठमा बैठक आह्वान गरेका हुन् ।

कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बिहीबार जारी गरेको विज्ञप्तिमा बैठकको जानकारी दिइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।