काठमाडौं–निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आवेदन दिन सकिने जानकारी दिएको हो । 

संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता गराउन आग्रह गरिएको आयोगले स्पष्ट पारेको छ । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ भने उम्मेदवारी दर्ता मंसिर २ गते गर्ने कार्यसूची रहेको छ ।

OM Sai Pathibhara Hospital

स्थानीय तहमा ४३ पद रिक्त रहेको र दल दर्ताका लागि निवेदन दिने समयमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचामा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ ।