काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन् ।
मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताएका हुन् ।
आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको उनको तर्क छ । तामाङले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पार्दै राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताए ।
आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उनको भनाई थियो ।
उनले पार्टीले आन्दोलनको तयारी गरेको सन्दर्भमा आन्दोलनको तयारी पूणर्रुपमा खुला रुपमा नगर्न आग्रह समेत गरे ।
आ-आफ्नो तयारीलाई गोप्यता राख्न पनि उनले निर्देशन दिए ।