काठमाडौं– सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच छलफलको पहल सुरु भइसकेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने‚ प्रक्रिया के हो‚ कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताएका हुन् ।

उनले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको भन्दै निजामती सेवा ऐन‚ प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन र शिक्षा ऐन निर्माण गर्न सके संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान हुने स्पष्ट पारेका छन् । 

OM Sai Pathibhara Hospital

अहिलेसम्म संसद्ले २० वर्षदेखि अधुरो रहेको शान्ति प्रक्रियालाई टुंगो लगाउने विधेयक पास गर्नुका साथै बजेट समयमै पास गरेको‚ सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन गरेर प्रतिवेदन बुझाएकाले प्रतिकूलताका बीचमा पनि काम सम्पन्न गरेको उनको भनाई थियो ।