काठमाडौं–राष्ट्रिय जनमोर्चा पार्टी (राजमोर्चा) ले ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ ले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बचाउने उद्देश्यले प्रतिवेदन तयार गरेको आरोप लगाएको छ ।

असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले यो निष्कर्ष निकालेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीका अनुसार, समितिले लामिछानेलाई जोगाउन ठगी र अपचलनको आरोपमा प्रमाणित तथ्यहरूलाई ध्यानमा राखेर प्रतिवेदन तयार गरेको छ । 

OM Sai Pathibhara Hospital

राजमोर्चाले प्रतिवेदनलाई दृढतापूर्वक कार्यान्वयन गर्न र दोषीहरूलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ । यसका साथै, बैठकले चैत २४ गते राजधानीमा संघीयताविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष केसीले साप्ताहिक आन्दोलन सञ्चालन गर्ने र मंसिर महिनाभर देशभरिका प्रदेश र स्थानीय तहमा बैठक गर्ने जानकारी दिएका छन् । पुस महिनाभर जिल्लामा राजनीतिक प्रशिक्षण पनि गरिनेछ । राष्ट्रिय अभियान माघ १ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । राजमोर्चाले राजनीतिक अस्थिरता र जनजिविकाको प्रश्नमा गम्भीर असन्तुष्टि र आक्रोश बढेको जनाएको छ।