काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अधिवेशनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ। महासचिव शंकर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ अनुसार कुनै पनि कमिटीमा उम्मेदवारले व्यक्तिगत रूपमा मात्र प्रस्तुत हुन पाउनेछन्।

पार्टीले ११औं महाधिवेशनसम्म १० लाख सदस्यता पु-याउने लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न जनसंगठन र सम्पर्क मञ्चका क्रियाशील व्यक्तिहरूलाई नयाँ सदस्यता विस्तारमा जोड दिइने उल्लेख छ। 

OM Sai Pathibhara Hospital

सदस्यता व्यवस्थापनमा पारदर्शिता ल्याउन आगामी वर्षदेखि ‘अनलाइन’ प्रणाली प्रयोग गरिनेछ। नयाँ सदस्यता लिएका सबैलाई आधारभूत तहको प्रशिक्षण अनिवार्य गरिनेछ। साथै, आर्थिक बक्यौता रहेका सदस्यहरूले अधिवेशन र जननिर्वाचित निकायमा उम्मेदवारी दिन नपाउने नियम कडाइका साथ लागू गरिने भएको छ। 

पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तामाथि उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूको सम्बन्धमा पनि पार्टीले आवश्यक छानबिन गरी धारणा सार्वजनिक गर्ने उल्लेख गरिएको छ।