काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेश सभा बैठकमा दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमत प्राप्त गर्न ४७ मत आवश्यक पर्नेमा कार्कीलाई ६६ मत प्राप्त भएको छ । कांग्रेस र एमालेका सांसदहरूले समर्थन गरेपछि कार्कीले बहुमत पाएका हुन् ।

OM Sai Pathibhara Hospital

बुधबारको बैठकमा ८३ सांसद उपस्थित थिए । कार्कीको पक्षमा ६६ मत र विपक्षमा १५ मत परेको छ । नेकपा एकीकृत समाजवादीका दुई सांसद मत विभाजन प्रक्रियामा सहभागि भएनन् ।  

मुख्यमन्त्री कार्कीले २०७८ सालको २७ बैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार पदभार ग्रहण गरेका थिए । त्यसपछि उनले पहिलो पटक ३१ बैशाखमा विश्वासको मत प्राप्त गरेका थिए । माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि कार्कीले पुन: विश्वासको मत प्राप्त गर्न आजको बैठक बोलाइएको थियो ।