काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्षमुनिका २० जनालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णयअनुसार १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्य चयन गरेको छ । 

वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठन गरिएको छनोट समितिले विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि सदस्यहरू चयन गरेको हो । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, नवलपरासीका नवतीतकुमार मिश्र, काठमाडौँका समीर शर्मा र युकेका डा. डेभिड थापा पुरुष सदस्यमा चयन भएका छन्। 

OM Sai Pathibhara Hospital

महिला सदस्यतर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी इञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी रहेका छन् ।