काठमाडौं–राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार काठमाडौंमा आयोजित विस्तारित बैठकबाट नयाँ राजनीतिक दल ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ घोषणा गरेका छन् । महतोले कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने तयारी भइरहेको जानकारी दिए ।

पार्टीको अध्यक्ष महतो नै हुने निर्णय बैठकले गरेको छ । करिब आठ महिनाअघि लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएका महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।