काठमाडौं- नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन् । 

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताइन् । 

OM Sai Pathibhara Hospital

न्यौपाने अहिले जनयुद्ध हो की होइन, जनयुद्ध वा हिंसा भन्ने विषयमा धेरै बहस चलेको उल्लेख गरिन् । 

पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने उनको धारणा थियो । 

सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह समेत गरिन् ।