काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध नगर्ने भएको छ ।      

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणअघि आज संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले माओवादी केन्द्र सदनको अवरोध हटाउन सहमत भएका हो । 

OM Sai Pathibhara Hospital

यद्यपी हिंसा शब्द संसदको रेकर्डबाट हटाउनु पर्ने आफूहरुको अडान भने कायमै रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा नै छौं, तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न बाधा गरेनौं । सभामुखको विरोधमा छैनौं, बैठकको सुरुमा आफ्ना कुरा राखेर अवरोध हटाउँछौं’, पाण्डेले भने । 

आज संसद बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँग छलफल गरेका थिए ।