काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ ।

काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादीलाई आग्रह गरेका हुन् । 

OM Sai Pathibhara Hospital

महतले एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाईरहनुपर्ने आवश्यक्ता नभएको जिकिर समेत गरे । 

नकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो । 

तर सभामुख घिमिरेले सो शब्दलाई असंसदीय भन्न नमिल्ने उल्लेख गर्दै हटाउन आवश्यक नभएको निणर्य लिए । 

त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै आएको छ । प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूणर् ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताएका हुन् । 

उनले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरु एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको जिकिर गरे । 

प्रवक्ता महतले विपक्षमा रहेको बेलामा धेरै प्रतिक्रियात्मक नबन्न र कानून निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने भएकाले संसद सुचारु गराउने काममा ढिलाई नगर्न पनि सचेत गराए ।