काठमाडौं- प्रधानसेनापति ट्रफी प्रतियोगिता आइतबार राजधानीमा सुरु भएको छ ।
नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको शुभारम्भ गरे ।

प्रतियोगिता आगामी असोज १५ गतेसम्म जारी रहनेछ । हरेक वर्ष नेपाली सेनाले प्रधानसेनापति ट्रफी प्रतियोगिता गर्दै आएको छ ।
नेपाली सेनाले विभिन्न खेलकुद विधामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले २०६५ सालबाट ६ वटा विधाहरु समावेश गरी प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता शुरु गरेको थियो ।
यस वर्ष भने ८ विधा रहेको सेनाले जनाएको छ । जसमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश छन् ।