काठमाडौं- पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् ।
न्युज एजेन्सी नेपालसँग आज संक्षिप्त कुराकानीमा पूर्व सभामुख सापकोटाले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताएका हुन् ।

उनले राजनीतिक उद्देश्यबाट प्रेरित भएर सत्तारुढ दलहरुले उपसभामुख रानालाई हटाउने कुरा उठाएको आरोप लगाउदै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए ।
संवैधानिक परिषदमा गरिने निणर्यलाई सहज बनाउन सो एजेण्डा उठाइएको भन्दै सापकोटाले भने, सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ । त्यसो भएको हुनाले यो सम्भव पनि छैन ।’
पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताए । उनले सभामुख र उपसभामुखले संसदको गरिमामा आँच आउने काम गर्न नहुने जिकिर समेत गरे ।