काठमाडौं–ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजेका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो ।

OM Sai Pathibhara Hospital

आजै साढे २ बजे बस्ने बैठकमा बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । गत भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले पारित गरेको कार्ययोजनालाई सचिवालय बैठकले अन्तिम रूप दिनेछ ।