काठमाडौं–नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सामेल भएको छ । कांग्रेसबाट आज तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्री र प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारले सरकारमा गएको छ । 

भुपेन्द्र राई : भौतिक पूर्वाधार मन्त्री  

OM Sai Pathibhara Hospital

खगेनसिंह हाङ्गाम : उद्योग, कृषि तथा सहकारी मन्त्री  

सदानन्द मण्डल : पर्यटन, वन, वातावरण मन्त्री

भूमि राजवंशी : भौतिक पूर्वाधार राज्यमन्त्री

थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि शपथ लिनेछन् । यसअघि गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस शेखर कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन ।