काठमाडौं–सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने जनाइएको छ । 

पार्टी कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा पोलिटब्यूरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएका सुझावलाई अन्तिम रुप दिने विषयमा पनि छलफल गरिनेछ । गत भदौ १८ र १९ गते बसेको पोलिटब्यूरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे सुझाव दिँदै अन्तिम रुप दिन सचिवालयलाई जिम्मेवारी दिएको थियो ।

OM Sai Pathibhara Hospital

यसैगरी, बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयले पनि प्रवेश पाउने जनाइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलबारे जानकारी गराउनेछन् ।