काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । बिहीबार लामो समयदेखि निमोनियाबाट ग्रसित येचुरीको ७२ वर्षको उमेरमा एम्समा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रचण्डले येचुरीलाई कम्युनिष्ट आन्दोलनको प्रमुख नेता र असल मित्रको रूपमा स्मरण गर्दै आफ्नो पार्टी र व्यक्तिगत तर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले येचुरीको निधनले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुर्याएको उल्लेख गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले लेखेका छन, ‘भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव कमरेड सीताराम यचुरीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दछु । उहाँको निधनबाट कम्युनिष्ट आन्दोलनले एक महत्त्वपूर्ण नेता गुमाएको छ भने हामीले एक असल साथी गुमाएका छौं । कमरेड यचुरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको पार्टी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’